फिफाको निर्देशन नमाने नेपाली फुटबल प्रतिबन्द हुन् सक्छ
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनमा परिवर्तनको नारासहित अध्यक्षको प्रत्यासी बनेका कर्मा छिरिङ शेर्पाले नेपाली फुटबललाई ठूलो संकटबाट जोगाउन चाँडो भन्दा चाँडो मिति तोकेर निर्वाचन गराउनुपर्ने बताएका छन्। पूर्वनिर्धारित मिति चैत १४ गते निर्वाचन गराउन नसक्दा नेपाली फुटबल प्रतिबन्धको सँघारमा पुगेर जोगिए पनि अब निर्वाचन गराउन नसके प्रतिबन्ध पक्का रहेको धारणा शेर्पाले व्यक्त गरे। ‘ विभिन्न कारणले गर्दा यसअघि विश्व फुटबल महासंघ (फिफा) कै सहमतिमा तोकिएको चैत १४ गते निर्वाचन हुन सकेन। त्यस बेला राजधानीमा उपलब्ध मताधिकार सहितका ४७ प्रतिनिधिले निर्वाचन चाहन्छौं भन्ने बेहोराको ईमेल लेखेपछि मत्रै फिफाले यथासक्य निर्वाचनको नयाँ मिति तोक्न निर्देशन दिएको छ ’, शुक्रबार आयोजित पत्रकार सम्मेलनमा शेर्पाले भने , ‘ हामीले फिफाको यस पटकको निर्देशनलाई नमान्ने हो भने नेपाली फुटबल अब प्रतिबन्धमा पर्ने पक्का छ। त्यसैले अहिलेसम्म फिफाको प्रतिबन्धमा नपरेको नेपाली फुटबललाई त्यो दुर्घटनाबाट बचाउन चाँडै निर्वाचन गराउनु आवश्यक छ। ’ भक्तपुरका क्लबहरूले जिल्ला फुटबल संघविरुद्ध ज...