प्रथम अखिल अन्तरास्ट्रिय कराँते खुल्ला प्रतियोगिता २०७४
ललितपुर: माघ १४ गते ललितपुर स्तित राष्ट्रिय खेलकुद परिषद् परिसरमा प्रथम अखिल नेपाल कराँते खुल्ला प्रतियोगिता आयोजना हुन गहिरहेको छ । अखिल नेपाल खेलकुद महासंघ ललितपुर द्वारा आयोजित उक्त प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान लगायत देशको सहभागिता हुने छ । अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला संयोजक गंगालाल श्रेष्ठका अनुसार यस प्रतियोगितामा नेपालका तर्फबाट झापा, मोरङ, सुनसरी, सिरहा, जनकपुर, सर्लाही, पोखरा, बुटवल, सल्यान, महेन्द्रनगर, चितवन, सिन्धुपाल्चोक, ललितपुर, नुवाकोट लगायत अन्य ठाउँबाट खेलाडीहरुले सहभागिता जनाउने छन् भने भारत तर्फबाट वेस्टबङ्गाल, सिक्किम, दार्जिलिङ, आसाम, झारखण्ड, बिहार, अरुणाचल प्रदेश लगायत ठाउँबाट खेलाडीहरु प्रस्तुत हुनेछन । मूल आयोजक समितिका अधक्ष्य विश्वास राज ढुंगाना र अन्तरास्ट्रिय कोडीनेटरका रुपमा बिसन मोते हुनुहुन्छ । प्रतियोगिता माघ १४ गते देखि १६ गते सम्म चल्ने छ ।
Comments
Post a Comment