मार्टिन गुप्टिलको सानदार प्रदर्शनले न्युजिल्यान्ड ७ विकेटले विजयी
दक्षिण अफ्रीका बिरुद्धको चौथो एकदिवसीयमा न्युजिल्यान्डले दक्षिण अफ्रीकालाई सात विकेटले पराजित गर्यो |
सेद्दोंन पार्क ह्यामिल्टनमा भएको खेलमा दक्षिण अफ्रीकाले दिएको २८० रनको लक्ष्य न्युजिल्यान्डले ४५ ओवरमा पुरा गरे | दक्षिण अफ्रीकाका तर्फबाट ए.बि डिवीलियार्सले सर्बाधिक ७२ रन जोडे भने फ़्रन्कोइस् डुपलेसिस ले ६७ तथा हसिम अमलाले ४० रन को योगदान दिए तर यो योगदान न्युजिल्यान्डलाई रोक्न पर्याप्त भएन | न्युजिल्यान्डका मार्टिन गुप्टिलले १३८ बलको सामना गरेर १५ चौका र ११ छक्काको मदतले १८० रन बनाए र उनलाई मैदानमा साथ दिने क्रममा रस टेलरले ९७ बलको सामना गरि ७ चौका र १ छक्का को मद्दतले ६६ रन बनाए | न्युजिल्यान्डले केवल तिन बिकटको क्षतिमा ४५ औ ओवरमा लक्ष्य हासिल गर्यो | दक्षिण अफ्रीकाका तर्फबाट इमरान ताहिरले २, कगीसो रबाडा ले १ विकेट लिए |
Comments
Post a Comment