ल्योनको कीर्तिमानी प्रदर्शन




बैंलोरको चिन्नास्वामी क्रिकेट रंगशालामा भारत र ऑस्ट्रेलिया बीच भैरहेको दोश्रो टेस्टको पहिलो दिन फेरी अस्ट्रेलियाको पक्षमा रहयो | दोश्रो टेस्टको पहिलो दिन भने नाथन ल्योनको नाम रहयो | एक चोटी फेरी उनको बल अगाडी भारतीय खेलाडीहरुले आत्मसमर्पण नै  गरे | निकै राम्रा लयमा रहेका नाथनले ८ विकेट लिदै भारतीय टोलीलाई मात्र १८९ रनमा समटे | उनलाई साथ दिने क्रममा मित्चेल स्टार्कले १, स्टेभ ओकीफेले १ विकेट लिए |भारतका लागि लोकेश राहुलले सर्बाधिक ९० रन बनाउदै टिमलाइ उकास्ने प्रयासमा थिए भने अरु खेलाडीहरूले साथ दिन सकेनन् | कप्तान बिराट कोहली फेरी चल्न सकेनन्, उनको ब्याटबाट केवल १७ रन बन्यो | भारतका अन्य खेलाडीहरुले पनि खासै राम्रो प्रदर्शन गर्न सकेनन | पहिलो दिनको खेल सकिदा सम्म अस्ट्रेलियाका डेभिड वार्नर २३ र उनलाई साथ दिदै म्याट रेंशाव १५ मा खेल्दै बिनाकुनै नोक्सानीको ४० रनको स्तिथिमा छन् |

Comments

Popular posts from this blog

भारतले गर्यो शृंखलामा कब्जा |

रविचंद्रण आश्विन Sir Garfield Sobers Trophy बाट सम्मानित

अफ्रीकामा भारतको हार