मल्ल र ऐरिको शतकीय साझेदारीले नेपालको सानदार जित |


नेपाल र केन्या बीच क्रितिपुर मैदानमा भएको दोश्रो एकदिवसीय खेलमा नेपालले ७ विकेटको जित हात परेको छ | खेलको सुरुवात देखि नै नेपालले आफ्नो दबदबा बनाउदै केन्यालाई १५५ रनमा समेट्यो | पहिलो ४ ओभरमै १४ रनमा २ विकेट गुमाएको बेला केन्याका करिम र ओबुयाले उकास्ने प्रयास गरेका थिए तर सन्दिप लामिछानेले ओबुयाको विकेट लिदै खेल आफ्नो पक्षमा राखे | केन्याका ओबुया ४८ र करिमले ३८ रन बनाए |
नेपालका बलरहरुले निकै नै उम्दा खेल खेले | उनीहरुले ४६.१ ओभरमा ७ अतिरिक्त रन दिएर १५५ रनमा केन्याका टिमलाई समेटे | नेपालका भेषवाकर ४, बसन्त रेग्मी २, आलम २, पुन र लामिछानेले १/१ विकेट लिए |
आलमले आफ्नो ७ ओभरमा ५ मेडन फाल्दै ११ रन खर्चेर २ विकेट लिएका थिए |
जवाफमा नेपाली टोलीले पनि पहिलो ४ ओभरमा १४ रनको स्तिथिमा २ विकेट गुमाएका थिए | सुरुवातमै लड़खडाएका नेपाली टोलीलाई ज्ञानेन्द्र मल्ल र दिपेन्द्र ऐरिले धैर्यता पूर्ण सम्हाले | मल्ल र एरि दुवैले आफ्नो अर्धसतक बनाउदै १११ रनको साझेदारी गरे | ज्ञानेन्द्र मल्लले ९३ बलमा ६४ र दिपेन्द्र एरिले ६६ बलमा ६२ रन बनाए | दिपेन्द्र ऐरि आउट भए पछि जितका लागि २६ रन चाहिएको थियो | गेम फिनिसर भेषवाकरले ११ बलमा ४ चौका र १ छक्काको विस्फोटक पारी खेल्दै २४ रन बनाएर खेल समाप्त गरे |

Comments

Popular posts from this blog

भारतले गर्यो शृंखलामा कब्जा |

रविचंद्रण आश्विन Sir Garfield Sobers Trophy बाट सम्मानित

अफ्रीकामा भारतको हार