पुजारा र आश्विनको प्रदर्शनमा भारतले गर्यो सिरिजमा १/१ को बराबरी
बैंलोरमा भैरहेको पे.टि.यम सिरिज दोश्रो टेस्टको चौथो दिन भारतीय समर्थकहरुका लागि खुशीको दिन रह्यो | भारतले अष्ट्रेलिया सामू १८७ रनको लक्ष्य राखेको थियो | चेतेश्वोर पुजारा सतक बनाउनु बाट चुके उनले २२१ बलको सामना गरि ७ चौकाको मदतले ९२ रन बनाए र उनलाई साथ दिदै अजिंक्य रहानेले १३४ बलमा ४ चौका प्रहार गर्दै ५२ रनको योगदान गरे | बलिंग तर्फ जोश हैजल्हुड ६, मिचेल स्टार्क २ तथा स्टेभ ओकीफले २ विकेट लिए | पहिलो इनिंगमा ८ विकेट लिएर भारतीय टोलीलाई धरासाही गर्ने नाथन ल्योनले दोश्रो इन्निंगमा विकेट पाएनन् |
जवाफमा अष्ट्रेलियाले केवल ११२ रन बनाउन सक्यो | अष्ट्रेलियन टिमलाई समेट्ने जिम्मा भने यो चोटी आश्विनले लिए | १२.४ ओवरमा ४ मेडन सहित ६ बिकेट निकालेर रबिचंद्रण आश्विनले अष्ट्रेलियन खेलाडीहरुलाई चल्न दिएनन् | उनलाई साथ दिदै उमेश यादवले २, इशान्त शर्मा १ र रविन्द्र जडेजाले १ विकेट लिए | भारतले यो जित संगै अष्ट्रेलिया सँग पे.टि.यम सिरिजमा १/१ को बराबरी गरेको छ |
भारत र अस्ट्रेलिया बीचको तेस्रो टेस्ट मार्च १६ तारिकका दिन राचीमा हुनेछ |
Comments
Post a Comment