को-को हुन् ति खेलाडीहरु जसले अर्धशतक त धेरै बनाए तर शतक बनाउन सकेनन् टेस्ट र एकदिवसीय खेलमा



भारतका चेतन चौहान जसले ४० टेस्ट खेल खेलेर १६ पटक अर्धशतक पुरा गरे तर शतक बनाउन भने सकेन | उनले अस्ट्रेलियाको बिरुद्ध अधिकतम् ९७ रन बनाएका थिए | तेस्तै अस्ट्रेलियाका केन म्यकय उनको नाममा १३ अर्धसतक छ | ३७ टेस्ट खेलेका उनले अधिकतम ८९ रन बनाएका छन् | अष्ट्रेलियाका शेंन वार्न उनको नाममा १२ टेस्ट अर्धशतक रहेको छ | १४५ टेस्ट खेलेका उनले मात्र १ रनले चुके उनको अधिकतम रन ९९ हो  | अष्ट्रेलियाका ब्रुस ल्यार्ड २१ टेस्ट खेलेका उनको नाममा  ११ अर्धशतक छ | अष्ट्रेलियाकै मिचेल स्टार्क हाल खेलिरहेका खेलाडी उनले ३६ टेस्टमा ९ अर्धशतक प्रहार गरे भने अधिकतम ९९ रन रहेको छ शेन वार्न जस्तै |
मिसबा उल हक नाम सुन्दा अनौठो लाग्ला जसको नाममा टेस्टमा लगभग ५ हजार रन छ ५ हजार भन्दा धेरै एकदिवसीय रन छ तर शतक भने छैन | हो १६२ एकदिवसीय खेल खेलेका उनको अधिकतम रन ९६ रहेको छ | उनले १६२ खेलमा ४२ अर्धशतक बनाए तर सतक बनाउन सकेनन् | यसै क्रममा अर्को नाम छ न्युजिल्यान्डका एन्ड्रयु जोन्स उनको नाममा ८७ एकदिवसीय खेलमा २५ अर्धशतक छ | र इंगलैंडका ग्रह्यम थोर्पे उनको नाममा २१ अर्धशतक छ |

Comments

Popular posts from this blog

भारतले गर्यो शृंखलामा कब्जा |

रविचंद्रण आश्विन Sir Garfield Sobers Trophy बाट सम्मानित

अफ्रीकामा भारतको हार